अनुसूची
दफा २८ सँग सम्बन्धित)

इमान्दारी र गोपनीयताको प्रतिज्ञा

म…………………………………… प्रतिज्ञा गर्दछु कि संस्थानको सञ्चालक (महानिर्देशक) कर्मचारी अडिटरको हैसियतबाट वा संस्थानमा आफ्नो पदसम्बन्धी समुचा काम
कुरामा आफ्नो योग्यता औ क्षमताले भेटेसम्म परी आएको कर्तव्यको पालन इमान्दारीपूर्वक र सत्यनिष्ठाले गर्नेछु ।
म पुन प्रतिज्ञा गर्दछु कि कुनै अनधिकृत व्यक्तिलाई संस्थानसम्बन्धी कुनै सूचना प्रकाश गर्न वा गर्न लगाउन वा कसैलाई संस्थानको अधीनमा रहेको र संस्थानसम्बन्धी कुनै किताब वा कागजपत्र कुनै व्यक्तिलाई निरीक्षण वा ग्रहण गर्न दिने छैन ।